Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समाचार

उपेन्द्र यादव नेतृत्वको जसपाको रिटको पेसी न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको इजलासमा

उपेन्द्र यादव नेतृत्वको जसपाको रिटको पेसी न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको इजलासमा


  • 3.0K
    Shares

    उपेन्द्र यादव नेतृत्वको जसपाको रिटको पेसी न्यायाधीशद्वय रेग्मी र श्रेष्ठको इजलासमा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ ।

    उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेसी तोकिएको छ । रिट सुनुवाइका लागि पेसी तोकिएपनि सुनुवाईको सम्भावन भने ज्यादै न्यून छ । ३१औं नम्बरमा पेसी परेको हुँदा सुनुवाइको सम्भावना ज्यादै न्यून बनेको हो ।

    यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

    निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् । 

    जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।

    उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् । 

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - १०:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij