Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी हुन् आज सर्वाधिक मूल्य बृद्धि भएका ९ कम्पनी

यी हुन् आज सर्वाधिक मूल्य बृद्धि भएका ९ कम्पनी


  • 5.4K
    Shares

    यी हुन् आज सर्वाधिक मूल्य बृद्धि भएका ९ कम्पनी
    images

    काठमाडौं । बुधवार १ दशमलव ६३ प्रतिशत बढेको बजारमा आधा दर्जन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।

    यो दिन साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशत र बाँकी पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । यस दिन साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू १ हजार १५५ ले बढेर अन्तिम मूल्य रू १२ हजार ७०५ कायम भएको हो । 

    बुधवार ९ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीहरु जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, आरएसडिसी लघुवित्त, माउण्टेन हाइड्रो नेपाल र कालिका पावर रहेका छन् । यस दिन जलविद्युत लगानी तथा विकास कम्पनीको ९ दशमलव ९७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३९७ रहेको छ ।  

    चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशतले बढेर अन्तिम मूल्य रू १ हजार ८९० , आरएसडिसी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत बढेर अन्तिम मूल्य रू ९१८, माउण्टेन हाइड्रोको ९ दशमलव ९२ प्रतिशत बढेर अन्तिम मूल्य रू २६६ र कालिका पावरको ९ दशमलव ७६ प्रतिशत बढेर अन्तिम मूल्य रू ३१५ कायम भएको हो । 

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १६:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij