२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । उनले सत्तारूढ दलबाटै मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ । श्रेष्ठलाई केही दिनभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गर्न तयारी भएको स्रोतको दाबी छ ।
हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ छन् । रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि तामाङलाई प्रधानमन्त्री कार्यालयमा रहने गरी बिना विभागीय मन्त्रीको जिम्मा दिने तयारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij