Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने


  • 2.7K
    Shares

    ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने

    काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, शेयर संख्या भने खुलाइएको छैन ।

    यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

    इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । 

    तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०९:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij