२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । एनएलजी इन्स्योरेन्सले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।
कम्पनीको गत फागुनमा बसेको वार्षिक साधारणसभाले पारित गरेको ५.५० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो ।
कम्पनीले माघ २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको सम्बिन्धित डिम्याट खातामा बोनस शेयर जम्मा गराएको छ ।
साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर जम्मा गराइने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij