Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, बजेटमाथिकाे छलफल जारी

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, बजेटमाथिकाे छलफल जारी


  • 2.1K
    Shares

    संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, बजेटमाथिकाे छलफल जारी

    काठमाडौँ । संघीय संसदअन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ। जसअनुासर प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०’ पेश गर्ने, आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ।

    त्यस्तै, मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिषसभाको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ।

    आइतबारबाट दुवै सदनमा बजेटमाथि छलफल सुरु भएकाे हाे। संघीय संसदमा जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथिको छलफल भोलिसम्म सक्ने तयारी छ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij