Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एनआईसी एशिया बैंकको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

एनआईसी एशिया बैंकको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 2.2K
    Shares

    एनआईसी एशिया बैंकको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौैँ । एनआईसी एशिया बैंकले गत जेठ १३ गतेदेखि लिलामीमा ल्याएको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को शेयरमा आवेदन दिने आज (जेठ २० गते) अन्तिम दिन रहेको छ ।

    यस शेयरमा इच्छुक जोकोही व्यक्तिले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

    बोलपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ०६:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij