Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रपति महिला उत्थान कार्यक्रम : ६६० जना गर्भवती र सुत्केरीलाई हवाई उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम : ६६० जना गर्भवती र सुत्केरीलाई हवाई उद्धार


  • 1.6K
    Shares

    राष्ट्रपति महिला उत्थान कार्यक्रम : ६६० जना गर्भवती र सुत्केरीलाई हवाई उद्धार
    images

    काठमाडौँ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हालसम्म छ सय ६० जना गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिएको जनाएको छ । 

    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विसं २०७५ देखि विसं २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको हो । चालु आर्थिक वर्षको फाुगनसम्म मात्रै एक सय आठ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको  छ । 

    आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर्णाली प्रदेशमा दुई सय १७ जनाको हवाई उद्धार गरिएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ । त्यसैगरि क्रमशः कोशी प्रदेशमा एक सय ९० जना, बागमती प्रदेशमा एक सय तीन जना, गण्डकी प्रदेशमा ३४ जना र लुम्बिनीमा १२ र सुदूरपश्चिममा एक सय चार जनाको उद्धार गरिएको छ ।  

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - ०६:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij