Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ : अर्थमन्त्री पुन

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ : अर्थमन्त्री पुन


  • 1.8K
    Shares

    चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ : अर्थमन्त्री पुन
    images

    काठमाडौं  । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

    आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्दै आएको छ ।

    यस पटक संसदमा नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे ।

    उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

    चालू आर्थिक वर्ष कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - १२:३४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij