Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार


  • 1.9K
    Shares

    वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार
    images

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर एक अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।

    महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा २५ करोड रुपैयाँ थपेर तीन अर्ब ४६ करोड पु¥याएको थियो । गत असारमा महानगरले चालु आवको लागि तीन अर्ब २१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

    महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ दुई अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ एक अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा ३९ करोड २२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

    “महानगरको गत पुसमा भएको नगरसभाले २५ करोड रुपैयाँ बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’ यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - ०८:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij