२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा २४ अर्ब बढीको १५ लाख युनिट स्मार्ट फोन नेपाल भित्रिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालुू आर्थिक वर्षको बैशाख मसानतसम्ममा २४ अर्ब १ करोड २४ लाख रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ स्मार्ट फोन नेपाल भित्रिएको हो। यसबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।
गत वर्षको सोही अवधिमा भने २० अर्ब ४१ करोड ९३ लाख रुपैयाँ बराबरको १३ लाख ९ हजार ८५६ युनिट स्मार्ट फोन आयात भएको थियो। भन्सार विभागका अनुसार आयातबाट सरकारले ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij