Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थतन्त्र 

नेपालले कति व्यापार घाटा बेहोर्नु पर्यो ? यस्तो छ भन्सार विभागको तथ्यांक (तथ्यांकसहित)

नेपालले कति व्यापार घाटा बेहोर्नु पर्यो ? यस्तो छ भन्सार विभागको तथ्यांक (तथ्यांकसहित)


  • 3.2K
    Shares

    नेपालले कति व्यापार घाटा बेहोर्नु पर्यो ? यस्तो छ भन्सार विभागको तथ्यांक (तथ्यांकसहित)
    images

    काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो ।

    विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । 

    अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । 

    अहिल्लो आर्थिक बर्षको तुलनामा कुल वैदेशिक व्यापार २।५० प्रतिशतले घटेको विभागले जनाएको छ । 

    गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २।३९ र निर्यात ३।६१ प्रतिशतले घटेको छ ।

    यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड बराबर रहेको छ । 

    भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात भएको छ भने ८६ अर्बको निर्यात भएको विभागले जनाएको छ । 

    त्यस्तै नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । 

    १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात भएको छ भने २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

    त्यस्तै १० महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको पेट्रोल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।  

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - ०९:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij