Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने चेम्बरको कार्ययोजना

वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने चेम्बरको कार्ययोजना


  • 2.2K
    Shares

    वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने चेम्बरको कार्ययोजना
    images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरको छ । 

    आइतबार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । चेम्बरले आर्थिक शिथिलताको अविलम्व अन्त्य, नीतिगत स्थायित्व र निजी क्षेत्रलाई नीतिगत संरक्षण आदि विषयमा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।

    चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो र नेतृत्वदायी भुमिकामा रहेको भन्दै आगामी तीन वर्ष कार्ययोजना बनाएको अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । 

    उनले श्रम बजारमा ५ लाख युवा प्रवेश गर्ने भएकाले वार्षिक २० प्रतिशतका दरले थप रोजगारी सिर्जना गर्न पहल गर्ने बताए । उनले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिने चेम्बरको कार्ययोजना रहेको बताए । 

    उनले कालोबजारी ऐन २०३२ मा पुराना र अव्यवहारिक कानूनहरुलाई खारेज गरी नयाँ परिवेश अनुसारको कानून निर्माणको लागि पहल गरिने बताए । 

    अध्यक्ष अग्रवालले आगामी ३ वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनलाई ५६ खर्ब ५ अर्बबाट ७५ खर्ब पु¥याउने गरी औषतमा वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न समन्वयत्मक भुमिका निर्वाह गरिने बताए । 

    उनले पुँजी निर्माण र रोजगारी सिर्जनामा निजी क्षेत्रको हाल ८१ प्रतिशत योगदान रहेको भन्दै औद्योगिक वातावरण र रोजगारी सिर्जनामा संस्थागत पहल गरिने बताए । 

    अध्यक्ष अग्रवालले कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको १४ प्रतिशतको योगदानलाई वृद्धि गरिने बताए । आर्थिक वर्ष २०८०/०८१ मा मुलुकको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमानका आधारमा आगामी ३ वर्षमा प्रतिव्यक्ति आय कम्तिमा २ हजार डलर पुर्याउने कार्ययोजनाका लागि पहल गरिने अध्यक्ष अग्रवालको भनाइ छ ।

    प्रकाशित मिति :जेठ ७ २०८१ सोमवार - ०६:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij