२०८२ भाद्र १ गते आइतवार
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच एक महत्वपूर्ण सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फर्मेसन सेन्टरको प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रुपको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको बैंकले जानकारी दिएकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij