२०८२ फाल्गुण २४ गते आइतवार
अघि अघि हिँड्छ छायाँ मलाई पछि पार्दै
पछि पछि हिँड्छ छायाँ मलाई अघि सार्दै
दायाँबायाँ मेरै छायाँ बन्छ सुसारे पो
मभन्दा नि लिलिपुट भन्न सक्छ को ?
तर्सिएर भागोस् भन्ने उसको अभिलाषा
एक्लै हिँड्न चाहन्छु म छैन केही आशा
आकृतिमा मेरो छायाँ मुहार भने छैन
थरथर पार्छ भूत बनी डेग चल्दैन ।
मेरो माया उसलाई उसको मलाई माया
दुवै हामी छायाँ नै हौँ लाग्छ धेरै दया
छायाँ भन्नु छवि रैछ छवि भन्नु साया
युगौँयुग बाँचिरहोस् हामी दुईको माया ।
डर लाग्छ छायाँदेखि देख्छु कालो कालो
बाह्र बजे बिलाउँछ दिन्छ घामलाई पालो
धीर बन्न सिकाउँछ मलाई मेरो छायाँ
सधैँ साथ पाऊँ लाग्छ शीतल दिने साया ।
-बसन्त रिजाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij