Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद् बैठक

संसद्‌मा आज प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

संसद्‌मा आज प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने


  • 3.0K
    Shares

    संसद्‌मा आज प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

    काठमाडौं । संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा)को संयुक्त बैठक बस्दैछ । उक्त बैठक आज (मंगलबार) दिउँसो ३ बजे बस्नेछ । 

    बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसले चेतावनी दिँदै आएको छ । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । पार्टीका एक नेतालेदिएको जानकारी अनुसार कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति अपनाएको छ । 

    यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ । 

     

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - ०९:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij