Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

२४ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार

२४ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार


  • 2.4K
    Shares

    २४ अंकले  बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
    images

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.६६ अंकले बढेर ३५६.६५ विन्दुमा कायम भएको छ।

    अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब १५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२० स्क्रिप्सको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड  ८६ लाख ८ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा बढी हो।

    दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त वित्तीय संस्था,माण्डु हाइड्रोपावर र सृजनशील लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

     कारोबारमा आएका स्टकमध्ये १४८ वटाको मूल्य बढ्दा ८५ वटाको घट्यो भने ११ वटाको मूल्य भने स्थिर रह्यो।

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - १४:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij