२०८२ भाद्र २ गते सोमवार
अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ । अमेरिकी प्रहरीका अनुसार सुपरमार्केटमा एक बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको हो ।
स्थानीय समयअनुसार सोमबार दिउँसो साढे दुई बजे घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij