Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशतले बढ्यो, अन्य वित्तिय सूचकको अवस्था कस्तो ? 

तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशतले बढ्यो, अन्य वित्तिय सूचकको अवस्था कस्तो ? 


  • 2.2K
    Shares

    तेस्रो त्रैमाससम्ममा सोल्टी होटलको नाफा ११ प्रतिशतले बढ्यो, अन्य वित्तिय सूचकको अवस्था कस्तो ? 
    images

    काठमाडौँ । सोल्टी होटल लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ४१ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । 

    कमपनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ११ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३७ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

    कुल खर्च गत वर्ष १ अर्ब ४ करोड ८९ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब १६ करोड ८३ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख ५३ हजार रूपैयाँ रहेको छ ।

    रिटर्न अर्निग र जगेडा कोष रकम भने १ अर्ब ३५ करोड ४६ लाख रूपैयाँभन्दा बढी रहेको छ । कम्पनीले लिएको कर्जा रकम यस वर्ष १३ लाख ८ हजार रूपैयाँ रहेको छ यो रकम गत वर्ष ५ करोड ३ लाख रूपैयाँ रहेको थियो । 

    यस्तै, गत वर्ष १ अर्ब ५० करोड ९२ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ११ दशमलव ३८ प्रतिशत बढी १ अर्ब ६८ करोड १० लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । 

    वित्तीय खर्च गत वर्ष ४४ लाख ५२ हजार रूपैयाँभन्दा बढी रहेको कम्पनीको यस वर्ष यो खर्च ५ लाख ८८ हजार रूपैयाँभन्दा बढी मात्र रहेको छ । गत वर्ष ४ रूपैयाँ २० पैसा रहेको कम्पनीको यस वर्ष प्रतिशेयर आम्दानी ४ रूपैयाा ४४ पैसा रहेको छ । 

    प्रतिशेयर नेटवर्थ भने गत वर्ष २१ रूपैयाँ ७१ पैसा रहेको कम्पनीको यस वर्ष २४ रूपैयाँ ५८ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०८:२७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij