Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद् अधिवेशन

संघीय संसद्को वर्षे एवं बजेट अधिवेशन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

संघीय संसद्को वर्षे एवं बजेट अधिवेशन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)


  • 2.4K
    Shares

    संघीय संसद्को वर्षे एवं बजेट अधिवेशन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो प्रतिनिधिसभाको वर्षे एवं बजेट अधिवेशन आज (शुक्रबार)बाट सुरू हुने भएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यहीँ वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुसार सदनको बजेट अधिवेशन आजबाट सुरू हुने भएको हो । 

    नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजे बस्ने उक्त अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै जारी सार्वजनिक सूचनामार्फत अनुरोध गरिसकेको छ ।

    आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट० जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

    हेर्नुहोस् सम्भावित कार्यसूची :

    p_Mb4eo94zu4.webp

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - ०९:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij