Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, आन्तरिक गृहकार्यमा सांसदहरू 

मधेस प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, आन्तरिक गृहकार्यमा सांसदहरू 


  • 2.4K
    Shares

    मधेस प्रदेश सरकारबाट बाहिरिँदै माओवादी, आन्तरिक गृहकार्यमा सांसदहरू 

    काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेको छ । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गिराउने खेलमा लागेको भन्दै सरकारबाट बाहिरिने तयारी गरेको हो । 

    सत्तासाझेदार दल माओवादी केन्द्र सरकारबाट बाहिरिनुभन्दा पहिले समर्थन फिर्ता लिने तयारी गरेको एक सांसदले बताए । 

    उनले भने, ‘हामीले समर्थन फिर्ता लिए सरकार स्वतः अल्पमतमा पर्छ । त्यसपछि हामीले प्रदेश सरकारका बारेमा थप पुनःविचार गर्छौँ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघमा माओवादी केन्द्र नेतृत्वको सरकार ढलाउने खेलमा लागेकोले हामी मधेस सरकारमा रहिरहन सक्दैनौँ । समर्थन फिर्ता लिन्छौँ र त्यसपछि बाहिरिन सक्छौँ ।’

    ‘सरकारबाट बाहिरिने तयारीका लागि हामी आन्तरिक गृहकार्य छौँ । ढिलो चाँडो मदेस सरकारबाट बाहिरिने पक्का हो,’ अर्का माओवादी सांसदले भने, ‘उपेन्द्रजीको सरकार ढलाउने प्रयत्न स्वभावैले राम्रो होइन र थिएन । उहाँले सत्तामै बसेर प्रतिपक्षीसँग गठबन्धन गर्न खोज्नु वैमानी हो । यसमा हाम्रो हिजो पनि आपत्ति थियो, आज पनि छ । यसर्थ हामी सरकारमा रहिरहन नैतिकताले दिँदैन ।’

    मधेस प्रदेशमा एमालेका २४, जसपाका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, नागरिक उन्मुक्ति १ र संघीय समाजवादीका १ सांसद छन् ।  

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ११:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij