Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

तस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.6K
    Shares

    तस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण् अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको हो । जसअनुसर चैत मसान्तसम्ममा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो । गत आर्थिक बर्ष २०७९÷८० के सेही अवधीसम्ममा कम्पनीले १६ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    ३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी रहेके यस कम्पनीले तेस्रो त्रैमाससम्ममा  २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

    यस्तै, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भ शिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

    समिक्षा अवधिमा कम्पनीले ४ करोड ४५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९२ पैसा रहेको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०७:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij