Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

सहकारी ठगीमा संलग्न गृहमन्त्री रविको चौतर्फी आलोचना, छानबिन समितिप्रति रास्वपाको आपत्ति

सहकारी ठगीमा संलग्न गृहमन्त्री रविको चौतर्फी आलोचना, छानबिन समितिप्रति रास्वपाको आपत्ति


  • 3.9K
    Shares

    सहकारी ठगीमा संलग्न गृहमन्त्री रविको चौतर्फी आलोचना, छानबिन समितिप्रति रास्वपाको आपत्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति गठनको आवश्यक नभएको निष्कर्ष निकालेको छ । 

    आज (मंगलबार) बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । 

    संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन भन्ने छलफल भएको रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले बताइन् । 

    मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन् । 

    रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । 
    प्रतिपक्षी कांग्रेसले छानबिनका लागि भन्दै संसदमा संसदीय छानबिन समिति गठन गर्न सरकारसमक्ष भाग गरेको छ । उसले उक्त माग राख्दै यसअघि संसद् बैठक नै अवरुद्ध पार्दै आएको थियो । 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ११:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij