२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो।
बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता भएको छ ।
बैंकले कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा पनि गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij