Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रदेश सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने


  • 3.3K
    Shares

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

    पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । 

    आज (आइतबार) मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । 

    तर, मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने र तटस्थ बस्ने बताएको छ । 

    ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ ।

    अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ । 

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १३:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij