Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निर्धन उत्थान लघुवित्तले नयाँ संस्थापक भित्र्याउँदै, चैत १८बाट ६ करोडको सेयर बिक्रीमा

निर्धन उत्थान लघुवित्तले नयाँ संस्थापक भित्र्याउँदै, चैत १८बाट ६ करोडको सेयर बिक्रीमा


  • 7.5K
    Shares

    निर्धन उत्थान लघुवित्तले नयाँ संस्थापक भित्र्याउँदै, चैत १८बाट ६ करोडको सेयर बिक्रीमा
    images

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीमा नयाँ लगानीकर्ता भित्र्याउने भएको छ । कम्पनीले चैत १८ गतेबाट संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    कम्पनीले कुल एक लाख ८ हजार ५४२ कित्ता सेयर बिक्रीमा राखेको हो । १०० रुपैयाँ अंकित दरका सेयरको न्यूनतम मूल्य प्रति कित्ता ५५० रुपैयाँ कायम गरिएको छ। खरिद गर्न इच्छुकले योभन्दा बढी मूल्य प्रस्ताव गरेर बोलकबोलमा सहभागी हुन सक्छन् ।

    ५५० रुपैयाँ दरमा सेयर बिक्री भए यो करिब ५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बराबरको डिल हुने छ । सरकारलाई पनि साढे २४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त हुने छ ।

    विगतमा ८० प्रतिशतसम्म लाभांश बाँडेको निर्धनले गत वर्ष १४ प्रतिशतभन्दा कम लाभांश दिएको थियो । अघिल्लो वर्ष साढे ४० प्रतिशत लाभांश दिएको थियो ।

    कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ छ । २ अर्ब ८८ करोड रुपैयाँ जगेडा कोषमा छ। कोभिडका कारण चालु वर्षको पहिलो त्रैमासमा २७ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा गएको कम्पनी दोस्रो त्रैमासमा ५ करोड ७१ लाख रुपैयाँ नाफामा छ । अघिल्लो वर्षको पुसमा कम्पनी साढे ४० करोड रुपैयाँ नाफामा थियो ।

    सेयर खरिद गर्न इच्छुकले बैशाख २१ गतेसम्म आवेदन दिइसक्नु पर्छ । आवेदन बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा दिनु पर्नेछ ।  

     

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १३:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij