Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

चालु वर्षमा ३. ८७ प्रतिशतको आर्थिक वृद्धिदर, अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण

चालु वर्षमा ३. ८७ प्रतिशतको आर्थिक वृद्धिदर, अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण


  • 3.5K
    Shares

    चालु वर्षमा ३. ८७ प्रतिशतको आर्थिक वृद्धिदर, अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण
    images

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यो प्रचलित मूल्यको आकार हो । गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो ।

    नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.८७ प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) हुने प्रक्षेपण तथ्याङ्क कार्यालयको छ । चालू आर्थिक वर्षको छदेखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आँकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर हासिल हुने अनुमान गरिएको हो ।

    एसियाली विकास बैंकले (एडिबी) यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र विश्व बैंकले ३.३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए । तथ्याङ्क कार्यालयले आर्थिक क्रियाकलापलाई १८ भागमा विभाजन गरेर अर्थतन्त्रको मापन गर्ने गरेको छ ।

    यस्तै, नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुगेको अनुमान गरिएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १७:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij