Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

२५ अंकले वृद्धि भयो सेयरबजार, झण्डै ५ अर्ब पुग्यो कारोबार रकम

२५ अंकले वृद्धि भयो सेयरबजार, झण्डै ५ अर्ब पुग्यो कारोबार रकम


  • 2.7K
    Shares

    २५ अंकले वृद्धि  भयो सेयरबजार, झण्डै ५ अर्ब पुग्यो कारोबार रकम
    images

    काठमाडौ । साताको तेस्रो दिन  सेयरबजार ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से  परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको हो। 

    यो सँगै कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    आज बजारमा २१५ कम्पनीका लगानीकर्ताले प्रतिसेयर आम्दानी गर्दा २६ वटाका सेयरधनीले प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

    चार वटा कम्पनीका लगानीकर्ताले भने आम्दानी र नोक्सानी दुवै व्यहोर्नुपरेन। आज बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तका सेयरधनी मालामाल भएका छन्। दुई संस्थाको सेयर १० प्रतिशत र ९.९९ प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ४४.२० र ९८ रुपैयाँ प्रतिसेयर आम्दानी गरे। 

    आज लगानीकर्ताले ७.१८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ। सर्वाधिक कारोबारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। 

    आज १ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ। जुन पछिल्ला केही दिनयता बिक्री भएको सर्वाधिक सेयर संख्या हो। 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १४:२३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij