Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह


  • 2.2K
    Shares

    लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह
    images

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । 

    यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।

    यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैङ्कले लगानीका लागि प्रतिबद्धतत जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

    विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताए । 

    मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गरे । 

    जवाफमा विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायीय ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए । 

    लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - ०८:१६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij