Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह


  • 2.4K
    Shares

    नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह
    images

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् । 

    सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । 

    उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताए । जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । 

    उनले वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरे । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - ०७:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij