२०८२ मंसिर १३ गते शनिवार
काठमाडौँ । लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो दिन आइतबार १४.३३ अंकमाथिले नेप्से बढ्दै १९८०.२७ विन्दुमा उक्लिएकोमा सोमबार झिनो अंक (०.०७ अंक) ले बढ्दै १९८०.३४ अंकमा उक्लिएको हो ।
सोमबार अघिल्लो दिनको भन्दा २७ करोड ६८ लाख ७२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको हो ।
अघिल्लो दिन १४.३३ अंकले नेप्से बढेको बजारमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको थियो ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.१७ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६६ प्रतिशतले र बैंकिङ र म्युचुअल फण्डको उपसूचक क्रमशः ०.२९ प्रतिशतले र ०.३८ प्रतिशतले बढेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij