Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन


  • 2.9K
    Shares

    बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन
    images
    बागलुङ – गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसँैंको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ। कालिका मन्दिरमा बडादसँैं र चैते दसँैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ। कालिका मन्दिरमा यस पटकको चैते दसँैं (नवरात्रि) को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।
     
    खड्काका अनुसार गत वर्षको चैते दसँैंको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी सङ्कलन भएको छ। गत वर्षको चैते दसँैंको अवसरमा रु ५१ लाख भेटी सङ्कलन भएको थियो। नवरात्र सुरु भएपछि चैते दसँैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए। उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन्।
     
    चैते दसँैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसँैंको तुलनामा रु ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ। “यस पटकको चैते दसँैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसँैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भने “चैते दसँैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी ९चैते दसँैं०को दिनमा रु नौ लाख १८ हजार भेटी सङ्कलन भएको छ।”
     
    मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ। त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ। परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए।

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - ०३:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij