Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा


  • 2.3K
    Shares

    नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा
    images

    काठमाडौँ । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । 

    आज (मंगलबार) पत्रकार सम्मेलन गरी एशोसिएशनले आफूहरुको समस्या जानकारी गराउँदै राज्यको ध्यानाकार्षण गराएको हो । एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियालाई विषादी रहेको र गुणस्तरमा कमी भएको कारण देखाएर भारतको वेष्ट बङ्गाल सरकारले विभिन्न निर्यातमा विभिन्न प्रोटोकल लागू गरेको बताए । 

    विभिन्न कारण देखाएर भारत सरकारले नेपालको चिया आयत बन्द गर्ने नीति लिएको उनको भनाइ छ । इलाम जिल्लामा उत्पादित चियाको गुणस्तर एकदमै राम्रो रहेको उनको दाबी छ । इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा पुगेर ब्राण्डेड हुने र इलाममै बनेको चाहीँ विषादी हुने गरेको उनको भनाइ छ । 

    एसटीपीका सचिव गोपाल कट्टेलले भारतमा चिया निर्यातमा सीमा समस्या आइरहेको बताए । पछिल्लो समय भारत सरकारले नेपालबाट जाने चियामा विशेष प्रोटोकल लागू गरेको उनले बताए । उनले पछिल्लो समय नेपालको चिया भारतीय बजारमा जान नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नेपालको चियाको ९५ प्रतिशत बजार भातर रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहित गर्ने काम भइरहेको बताए । 

    भारतमा चिया निर्यातमा देखिएको समस्या जि टू जी वार्ता गरेर समाधान खोजिनुपर्ने उनीहरुको माग छ । सरकारले चिया निर्यातमा आएको समस्या बेलैमा सम्बोधन नगरेको खण्डमा चिया किसान र उद्योगलाई नाकारात्मक असर पर्ने बताए । आज बिहानै यस समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवगत गराएको उनले भने । 

    साथै, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र केपी शर्मा ओलीलाई पनि जानकारी गराइएको उनले बताए । एसटीपीका उपाध्यक्ष अग्निन्द गिरीले चियाको सिजन सुरु हुँदै गर्दा किसान र उद्योगहरु मागमा पर्ने अवस्था आइपरेको बताए । 

    नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतमा निर्भर रहेको उनले बताए । भारतले नेपालको चिया लैजादा पहिला–पहिला एक वर्षमा एक पटक चेक गरेर चिया लाने नियम लागू गरेको उनले स्मरण गराए । अहिले आएर प्रत्येक गाडीको चिया टेस्टका लागि नमूना पठाएर पास भएपछि मात्रै लाने गरेको उनले बताए । 

    टेस्टका लागि लगेको नमुनाको रिपोर्ट १५÷२० दिनमा आउँदा आफूहरुलाई घाटा  भएको उनले बताए । केही समयअघिसम्म तीन एक पटक टेस्ट गरेपछि तीन महिनासम्म चिया लग्ने नियम रहेको स्मरण गराउँदै उनले ६÷६ महिनामा टेस्ट गरेर चिया निर्यात गर्न सकिने वातावरण निर्माण गरिदिन सरकारको ध्यानाकार्षण गराए । उनले चिया वगानहरुमा विषदी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे । 

    साथै, व्यवसायी सुजन ढुङ्गेलले राज्यले देशको उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने बताए । नेपाली चियालाई सरल तरिकाले निर्यात हुने वातावरण बनाइदिन उनले सरकारको ध्यानाकार्षण गराए । 

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - ०७:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij