Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

खेलकुद

चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 

चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 


  • 4.2K
    Shares

    चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 

    आइतबार खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल)को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।

    आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

    रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए । 

    कोहली उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ११:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij