Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

१५ अंकले घट्यो नेप्से, २ अर्ब ५ करोड बराबरको कारोबार

१५ अंकले घट्यो नेप्से, २ अर्ब ५ करोड बराबरको कारोबार


  • 2.4K
    Shares

    १५ अंकले घट्यो नेप्से, २ अर्ब ५ करोड बराबरको कारोबार

    काठमाडौ । साताको दोस्रो कारोबार दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ।

    आइतबार १२ अंकले बढेको नेप्से सोमबार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा थामिएको छ। ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्रीमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    यसअनुसार ४९ कम्पनीको सेयर मूल्य बढे पनि १८६ कम्पनीको घटेको छ। १० वटाको मूल्यमा कुनै परिवर्तन आएको छैन। आज बढ्ने कम्पनीको अधिकतम ६.९१ प्रतिशत र घट्ने कम्पनीको अधिकतम ७.३७ प्रतिशतको उतारचढाव देखिएको छ।

    सर्वाधिक कारोबारमा आज गुर्खाज फाइनान्स अगाडि छ। कम्पनीको साढे ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार सामूहिक लगानी कोषबाहेक सबै समूहको सूचक राताम्य रहेका छन्। 

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - १४:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij