Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

९ महिनाको वैदेशिक व्यापार : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

९ महिनाको वैदेशिक व्यापार : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?


  • 2.2K
    Shares

    ९ महिनाको वैदेशिक व्यापार : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?
    images

    काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्म साढे ११ खर्ब बढीको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा आयात २.८४ प्रतिशत आयात घटेर ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाखरुपैयाँको आयात भएको हो ।

    आयात साढे ११ खर्ब पुग्दा निर्यात भने १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँमा सीमित छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कुल १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

    विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतसम्म कुल १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँबराबरको व्यापार घाटा रहेको छ । कुल व्यापारमा आयातको हिस्सा ९१.११ प्रतिशत छ भने निर्यातको हिस्सा ८.८९ प्रतिशत मात्रै छ ।

    २०८०/८१ को ९ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ भने निर्यात साढे १२ अर्ब रुपैयाँमा सीमित छ ।

    नेपालले १ सय ५० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसमध्ये भारतसँग सबैभन्दा धेरै व्यापार छ । तथ्यांकअनुसार भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - ०६:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij