Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

साताको पहिलो दिन १२ अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार

साताको पहिलो दिन १२ अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार


  • 2.4K
    Shares

    साताको पहिलो दिन १२ अंकले बढ्यो नेप्से, २ अर्ब २५ करोडको कारोबार
    images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ । 

    अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर, आइतबार खुलेको बजारमा नेप्से सूचक १२.२९ अंकले बढ्दै १९८४.४३ अंकमा उक्लिएको हो ।

    आइतबार कारोबार भएका २४५ कम्पनीहरू मध्ये १७६ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । यता ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    १२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - १५:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij