Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एक वर्षमा पर्यटकको ५६४ उजुरी, उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय

एक वर्षमा पर्यटकको ५६४ उजुरी, उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय


  • 1.9K
    Shares

    एक वर्षमा पर्यटकको ५६४ उजुरी, उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय
    images

    काठमाडौँ । नेपाल घुम्ने आउने पर्यटकले एक वर्षमा ५६४ वटा उजुरी पर्यटक प्रहरी समक्ष गरेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसरी आएका उजुरीमध्ये ३६८ वटा विभिन्न सामान हराएको सम्बन्धमा छन् । दोस्रो स्थानमा चोरीका उजुरी आएका छन् । ९७ वटा उजुरी चोरी सम्बन्धमा आएको देखिएको छ ।

    मन्त्रालयका अनुसार ठगीमा २८ वटा उजुरी गरेका छन् । उत्पीडनबारे ४० र डकैतीमा १० उजुरी गरेका छन् । विभिन्न ५ वटा उजुरी धम्की दिएको सम्बन्धमा छन् । पर्यटक हराएको उजुरी ४ वटा परेको तथ्यांकमा देखिएको छ । 

    दुई वटा दुर्घटना, पाकेटमारीमा दुई र एउटा अपहरणको उजुरी समेत पर्यटक प्रहरीमा दर्ता भएको तथ्यांकमा देखिएको छ । यस वर्ष १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

    पर्यटकमाथि हुने यस प्रकारका घटना र उजुरी सबैभन्दा धेरै सन् २०१९ मा आएका थिए । सो वर्ष पर्यटक आगमन समेत अधिक थियो । सो वर्ष ६३३ वटा उजुरी आएका थिए । सन् २०२० मा ५४०, सन् २०२१ मा ७९, सन् २०२२ मा १८० यस्ता उजुरी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।

    यसरी उजुरी दर्ता गराउनेमध्ये सबैभन्दा धेरै भारतीय छन् । उनीहरुको संख्या ७० छ । चिनियाँ नागरिक ६५, अमेरिकी ४६, बेलायती ४१, फ्रान्सका २८, अष्ट्रेलियाका २६ र जर्मनका २० नागरिकले उजुरी गरेका छन् । उजुरी दिनेमध्ये १७२ जना महिला छन् ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०६:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij