२०८२ मंसिर १३ गते शनिवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नेपाल फाईनान्स लिमिटेडको नाफा ८७ प्रतिशत घटेको छ ।
फाईनान्स कम्पनीले सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीसम्मको तुलनामा ८७ प्रतिशतले कम हो । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो । गत वर्ष ७४ लाख ३१ हजार रूपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्ज वापतको रकम फिर्ता पाएको कम्पनीले यस वर्ष १ करोड ६६ हजार रूपैयाँभन्दा बढी इम्पेरमेन्ट चार्जमा रकम छुट्याएको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २२ करोड १० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९४ लाख ९६ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ५ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग भने २२ करोड १० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।
जगेडा कोष रकम भने ४२ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म २ अर्ब २४ करोड ४८ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ७३ करोड ६७ लाख रूपैयाभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन यस वर्ष २४.२९ प्रतिशत र कर्जा प्रवाह ३३.२५ प्रतिशत बढेको हो । निष्क्रिय कर्जा गत वर्ष १३.६१ प्रतिशत रहेकोमा यस वर्ष घटेर ९.२४ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रूपैयाा ८३ पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij