Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सुदूरपश्चिम प्रदेश

एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको आनामानी

एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको आनामानी


  • 5.5K
    Shares

    एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको आनामानी

    धनगढी । मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ ।

    एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ । तर, एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो ।

    एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

    एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् ।

    एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबि गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ ।  

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १२:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij