२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij