Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

प्रधानमन्त्रीसँग विवादास्पद गण्डकी सरकारका मुख्यमन्त्रीको भेटवार्ता, के भयो कुराकानी ?  

प्रधानमन्त्रीसँग विवादास्पद गण्डकी सरकारका मुख्यमन्त्रीको भेटवार्ता, के भयो कुराकानी ?  


  • 2.7K
    Shares

    प्रधानमन्त्रीसँग विवादास्पद गण्डकी सरकारका मुख्यमन्त्रीको भेटवार्ता, के भयो कुराकानी ?  

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको मुख्यमन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ ।

    गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ ।

    उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तिम फैसलापछि मात्र गण्डकी सरकारको भविष्य तय हुने भएको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - ०९:२७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij