Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मधेस सरकारबाट बाहिरियो लोसपा

मधेस सरकारबाट बाहिरियो लोसपा


  • 3.6K
    Shares

    मधेस सरकारबाट बाहिरियो लोसपा

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो ।

    मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ ।

    लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । 

    मधेस प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९(९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

    त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक–एक र एक स्वतन्त्र सांसद छन् । 

    मधेसमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । 

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - १६:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij