Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

समाचार

भारतले किन बन्द गर्यो बैतडी झुलाघाट नाका ?

भारतले किन बन्द गर्यो बैतडी झुलाघाट नाका ?


  • 2.9K
    Shares

    भारतले किन बन्द गर्यो बैतडी झुलाघाट नाका ?

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

    अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा  लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

    नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा  सीमा बन्द गर्ने चलन छ ।

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - १४:०६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij