Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

सहकारी ठगी प्रहरणमा गृहमन्त्रीको संलग्नता, ‘राजीनामाको विकल्प छैन’ : कांग्रेस 

सहकारी ठगी प्रहरणमा गृहमन्त्रीको संलग्नता, ‘राजीनामाको विकल्प छैन’ : कांग्रेस 


  • 3.7K
    Shares

    सहकारी ठगी प्रहरणमा गृहमन्त्रीको संलग्नता, ‘राजीनामाको विकल्प छैन’ : कांग्रेस 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । 

    कांग्रेसले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्नुपर्ने बताएको छ । कांग्रेस सचेतक रमेश लेखकले भने, ‘अब संसदीय समितिभन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ ।’

    यसअघि चालु हिउँदे अधिवेशनमा कांग्रेसले संसद् अवरुद्ध बनाउँदै आएको थियो । उसले गृहमन्त्री सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै संसद्मै नाराबाजी गर्नुका साथै अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्रीको छानबिन वा राजीनामा बटम लाइन बनाएको छ । 

    ‘सहकारीबाट रित नपुर्याएर ऋण लिएको भनिएको छ । त्यो ऋण अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ,’ लेखकले भने ।

    इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ । 

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - ११:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij