२०८२ माघ १२ गते सोमवार
जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदैछन् । आज (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बस्दैछ ।
उक्त बैठकमा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले जानकारी दिए ।
केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो ।
सरकारमा रहेका दलले समर्थन फिताृ लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij