Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संघीय संसद्अन्तर्गत विभिन्न सात समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत विभिन्न सात समितिको बैठक बस्दै


  • 2.6K
    Shares

    संघीय संसद्अन्तर्गत विभिन्न सात समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदका सात वटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दैछ । 

    बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का बारेमा छलफल हुनेछ । 

    बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानूनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रणसम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री-सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुख, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । 

    बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।

    त्यस्तै मध्याह्न साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । 

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुनेछ ।

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - १०:११:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij