२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सत्तारूढ दलहरूबीच विवाद गहिरिँदै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच संवाद भएको छ ।
आज (मंगलबार) बिहान प्रचण्ड र खनालबीच झन्डै दुई घण्टा संवाद भएको हो । सत्ता गठबन्धनमा देखिएका केही चुनौती र त्यसको समाधानबारे संवाद भएको खनालको सचिवालयले जनाएको छ ।
यसका साथै पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका बारेमा समेत छलफल छ । नयाँ सत्ता समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij