Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गृहमन्त्रीको निर्देशन

वर्षात सुरू हुनु अगावै भूकम्पपीडितलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

वर्षात सुरू हुनु अगावै भूकम्पपीडितलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन


  • 2.5K
    Shares

    वर्षात सुरू हुनु अगावै भूकम्पपीडितलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोट लगायत क्षेत्रका भूकम्पपीडितलाई वर्षात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । 

    सोमवार सिंहदरवारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१औँ बैठकमा बोल्दै उनले भूकम्पपीडितको अधिकार संकुचन नहुने गरी सहकार्यका साथ काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि आग्रह गरे । 

    अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटोछरितो ढंगले सम्पन्न गर्नका लागि आवश्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपिल थियो । 

    प्रक्रियागत अलमलहरु र कानूनी जटिलतको मारमा पीडितहरु पर्न नहुने कुरामा पनि हेक्का राखेर काम गर्न उनले सम्बन्धित पक्षलाई सचेत गराए ।

    उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितहरुको घरभित्र बस्न पाउने अधिकार हनन् नहोस् भन्ने कुरामा सरकार गम्भिर भएर लागि परेको पनि बताए । 

    प्रकाशित मिति :बैशाख ३ २०८१ सोमवार - १६:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij