Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

माधव नेपालप्रति ओलीको कटाक्ष, भन्छन् : कम्युनिष्ट एकता दल र व्यक्ति छानेर गर्छौँ

माधव नेपालप्रति ओलीको कटाक्ष, भन्छन् : कम्युनिष्ट एकता दल र व्यक्ति छानेर गर्छौँ


  • 3.6K
    Shares

    माधव नेपालप्रति ओलीको कटाक्ष, भन्छन् : कम्युनिष्ट एकता दल र व्यक्ति छानेर गर्छौँ

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता दल र व्यक्ति छानेर गर्ने बताएका छन् । 
    आज (सोमबार) बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्  ।

    उनले आवश्यक परेका बेला कम्युनिष्ट एकता गर्ने भएपनि त्यसका लागि दल र व्यक्ति छान्नपर्ने आवश्यक्ता रहेको बताए । 

    ‘यतिबेला राष्ट्रिय शक्ति मिलेर सुशासन र समृद्धिको बाटोतर्फको एकता आजको आवश्यक्ता हो। वामपन्थीका नामको एकता भन्ने कुरा होइन,’ ओलीले भने, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ न देश चल्छ ।’

    उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्दै पार्टी बिगार्ने र अवसरको मात्रै खोजी गर्नेहरूलाई एकतामा समावेश नगर्ने पनि बताए । 

    उनले भने, ‘परेको बखतमा एकता गर्छौँ, तर छानेर । पार्टी बिगार्ने र अवसरको खोजीका लागि लाग्ने, आन्दोलनको हित नहुनेगरी काम गर्नेलाई सहभागी गराउँदैनौँ ।’ 

     

    प्रकाशित मिति :बैशाख ३ २०८१ सोमवार - १२:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij